
काठमाडौं । पछिल्ला दिन वाणिज्य बैंकहरूकोे कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको कार्तिक मसान्तदेखि मंसिर ३ गते सम्मको तथ्याङ्कअनुसार कर्जा बढेको र निक्षेप घटेको देखिएको हो ।
वाणिज्य बैंकहरूको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ ।
गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।
यस अवधिमा कुल निक्षेप भने ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्ममा घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्