
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिएका छन् । सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् ।
पहिलो चरणका ७ खेल सकिदा चार टोलीले स्पस्ट जित निकाल्दै ३ अंक जोडेका छन् । ६ टोलीले एक अंक जोड्दा चार टोलीले पछिलो चरणमा अंक जोड्न सकेनन् ।
पहिलो चरण सकिदा थ्री स्टार ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । उपाधि दाबेदार मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा रहेको छ । ब्रिगेड ब्वाइज ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै हिजो भएको आफ्नो पहिलो खेलमा एनआरटीलाई पराजित गर्दै अंक जोडेको मछिन्द्र क्लब चौथो स्थानमा रहेको छ । तालिकाको पाँचौं स्थानमा हिमालयन शेर्पा रहेको छ । समान १ अंक जोडेको संकटा छैटौँ स्थानमा रहेको छ ।
तालिकाको सातौं स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ । यस्तै नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब १ अंक जोडेर नवौं स्थानमा रहेको छ । त्यस्तै अंक विहीन जावलाखेल ११ औं, एनआरटी १२ औं, एपीएफ १३ औं र च्यासल युथ क्लब पुछारमा रहेका छन् । दोस्रो चरणको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्