
काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्