२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिन्धुपाल्चोककाे हेलम्बुमा एक घरमा आगलागी : तीन बालकको जलेर मृत्यु


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ ।

सन्च तामाङको ढुङ्गा माटो र टिनले बनेको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेमा सन्च तामाङको छोरा ६ वर्षीय मनोज तामाङ, सुकुमान तामाङको छोरा ५ वर्षीय मनिस तामाङ र साईला तामाङको छोरा ५ वर्षका दिल बहादुर तामाङ रहेका छन् ।

बालकहरु गोठमा खेलीरहेकोअवस्थामा सुकेको पात बाट आगो सुरु भएको बताईएको छ । स्थानीय र प्रहरीको सहयोगमा राती आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।