
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।
निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिउनु भएको थियो ।
कांग्रेस नेता तथा देउवा पत्नीसमेत रहनु भएकी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनु भएको छ । कांग्रेसको विधानको धारा १५ को उपधारा १ ९ग० मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्