
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा यी क्षेत्रहरुमा मंसिर ५ गतेबाट खोप कार्यक्रम शुरु गरेको हो । पुस ५ गतेसम्म चल्ने यस कार्यक्रम अन्तर्गत काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई खोप दिइने छ ।
स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनिका खोप उपलब्ध लगाइने बताउनुभयो । यस्तै महानगरका ३२ वटै वडाका यसअघि तोकिएका खोप केन्द्रमा मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप दिईदै छ ।
१८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकालाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्