८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पश्चिमी बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ जनाको मृत्यु


0
Shares

एजेन्सी । पश्चिमी बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ जनाको मुत्यु भएको छ ।

राजधानी सोफियाको दक्षिण पश्चिममा रहेको बोस्नेक गाउँ नजिकै गडिरहेको बस अन्यिन्त्रित भएर रेलिङमा ठोक्किएलगत्तै आगलागीसमेत भएको बीबीसीले जनाएको छ । दुर्घटनामा कयौं घाइते भएको बताइएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको समाचारमा जनाइएको छ । दुर्घटनामा परेर बालबालिका र महिलासमेत मारिएको समाचारमा उल्लेख छ । टर्कीको स्तानबुलतर्फ छुट्टी मनाउन हिँडेका सर्वसाधारण सवार बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

उत्तरी म्यासेडोनियाका प्रधानमन्त्री जोरन जाएभले घटनाबारे थप छलफल गरेर राहत उपलब्ध गराउने बताउनुभयो । उहाँले घाइतेको तत्काल उद्धार गरेर उपारका लागि अस्पताल पु¥याउन निर्देशनसमेत दिनुभयो ।