२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उम्मेदवारी फिर्ता लिन रावललाई बस्नेतको आग्रह


39
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिन लागेकाे उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गर्नुभएको छ ।

नेता बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरेर रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिन आग्रह गर्नुभएको हो ।

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरू र देश बुँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरूलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताउनुभयो ।

महाधिवेशनले ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेको उहाँको भनाइ छ ।

नेता बस्नेतले आसन्न महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दावीसमेत गर्नुभयो ।

उहाँले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफैँ पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गर्नुभयो ।

नेता बस्नेतले पार्टीमा युवाहरूको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरूको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताउनुभयो ।