
काठमाडौं । हिजो सामान्य अंकले सकारात्मक रहेको सेयर बजारमा आज पुनः गिरावट आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले ओरालो लागेर २७ सय ३३ मा आएर थामियो । कारोबार पनि ४ अर्ब हाराहारीमै सीमित रह्यो । अन्य बाहेक कारोबार भएका सबै समूह ओरालो लागे ।
बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक हाराहारीको गिरावट आयो । विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन समूह सय अंक हाराहारीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको साढें ७४ लाख कित्ता शेयर ४ अर्ब १७ करोड बराबरका किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसदिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको मूल्य बढ्यो भने दुईको स्थीर रहेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्