२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागलुङमा कांग्रेसको भड्किलो अधिवेशन, भद्दा प्रचारको शैलीले पार्टीभित्रै असन्तुष्टि


0
Shares

बागलुङ । पार्टीको १४औं महाधिवेशनका लागि जिल्लामा गुटगत प्रतिस्पर्धाको आधारमा नेतृत्वको चयन हुने देखिएको छ ।

बागलुङको २ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो । निर्वाचन प्रक्रियाबाट जाने भनिएसँगै जिल्लामा आम निर्वाचनको झल्कोक दिने गरी तामझाम गरिएको छ ।

कांग्रेसको वडा र पालिका अधिवेशनमै भद्दा प्रचार भएको भन्दै पार्टीभित्रैका नेताले असन्तुष्टि व्यक्त गरेका छन्

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवमं पूर्व पार्टी सभापति मणिभद्र शर्मा कँडेल, अहिलेको अधिवेशन बढी भड्किलो भएको भन्दै यसको सही व्यवस्थापन गर्न नसकेको नकरात्मक सन्देश जाने बताउनुहुन्छ ।

बागलुङ क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट खडकबहादुर थापा र चण्डीप्रसाद शर्मा पौडेल प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् भने क्षेत्र नम्बर २ मा संस्थापन पक्षबाट जोकलाल बुढा मगर र सिटौला पक्षबाट नरजंग घर्ती मगर प्रतिस्पर्धा गरि रहेका छन् ।