
काठमाडौं । उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ ।
नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले पत्रकार सम्मेलन गरी नेपाली विद्यार्थीहरूले अब जाँदा के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे अभिभावक र विद्यार्थीहरूलाई जानकारी गराएको छ ।
अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरूमा जाँदा क्वारेन्टाइन बस्नुपर्ने भएकाले कन्सलटेन्सीहरूसँग बुझेर मात्रै जानु पर्ने बताउनुभयो ।
अध्यक्ष पाण्डेले जापान जाने विद्यार्थीहरूको हकमा भने सिओइ आएकाहरूले पनि एडिशनल स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने नियम बनाएको भन्दै यसतर्फ सचेत रहन र हतारमा अपोइन्टमेण्ट लिने र सिट बुक गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्