२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको पहिलो जित


0
Shares

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा इन्दु बर्माले अविजित १८ रन जोडिन् । सीता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानकी टासी छेकीले एक विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो । भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडिन् । नेपालकी सीता राना मगरले ३ विकेट हात पारिन् । करुणा भण्डारीले एक विकेट लिइन् ।

जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानको यो पहिलो हार हो । भुटानले २ खेलमा २ अंक जोडेको छ ।

पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । छनोट अन्तर्गत नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार खेल्नेछ ।