२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफलमा छौं : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको छ ।

मंगलबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताउनुभयो । एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उहाँले बताउनुभयो ।

यस्तै, उहाँले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताउनुभयो । सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी भइरहको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

यसैबीच, मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको पनि बताउनुभयो । विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम सरकारले थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा भित्र्याउन तयारी भइरहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।