
काठमाडौं । नेपालले बंगलादेशमा आगामी डिसेम्बर ११ देखि २१ तारिखसम्म सञ्चालन हुने यू–१९ महिला साफ च्यम्पियनसिपका लागि तयारी सुरु गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबलको विकासका लागि जुनियर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागिता जनाउन लागेको हो । च्याम्पियनसिपका लागि एन्फाले हरिओम श्रेष्ठलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा जारी प्रशिक्षणमा ४० जना खेलाडी सहभागी छन् । यही खेलाडीबाट साफ फुटबलका लागि अन्तिम टोलीको छनोट गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्