१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपमा मार्चसम्म कोरोनाबाट ७ लाख मान्छे मर्नसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसंग जोडिएका एशियाली देशहरुमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो । डब्लुएचओले युरोप क्षेत्रमा राखेका ५३ वटा देशमा अहिलेसम्म १५ लाख बढी मानिसको मृत्य भईसकेको छ।

आगामी बसन्तसम्ममा यो संख्या २२ लाख पुग्ने दाबी पनि डल्युएचओले गरेको छ । मार्चसम्ममा युरोपेली देशका अस्पतालहरुका सघन उपचार कक्षमा भयंकर चाप पर्ने पनि डल्युएचओको प्रक्षेपण छ ।

युरोपका थुप्रै देशहरुमा अहिले कोरोनाको अनिवार्य खोप र लकडाउनको विरोध भईरहेको छ । नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियमलगायतका देशहरुमा हिंसात्मक प्रदर्शन समेत भएका छन् । जर्मनी, फ्रान्स, ग्रीसलगायतका देशहरुले भने दुई वटै खोप लगाईसकेकाहरुलाई बुस्टर डोज दिने तयारी गरेका छन् ।

पछिल्ला दिनमा रुसमा मात्रै दैनिक मृत्युदर १२ पुगेको छ भने युरोपमा ४ हजार २ सय पुगेको छ । खोप नलगाएकाहरुको हताहती र डेल्टा भेरियन्टको असर निकै खतरनाक देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले धेरै भन्दा धेरै मानिसको ज्यान बचाउनका लागि सवैको उत्तिकै दायित्व हुने बताएको छ।