
बैतडी । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मत परिणाम अनुसार चन्द ३२० मतान्तरले विजयी हुनुभएको हो ।
उहाँले ८०९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो । यस्तै उपसभापतिमा बीरबहादुर बिष्टले ६५८ मत प्राप्त गरेर जीत हासिल गर्नुभएको छ ।
अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको छ । बैतडीमा १ हजार ४ सय २ जना प्रतिनिधि मध्ये १ हजार ३ सय ४८ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्