३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको मृत्यु


0
Shares

बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडेको सडक दुर्घटनाबाट निधन भएको छ । हिजो साँझ पार्टीको कार्यक्रममा भाग लिएर दाङ फर्किदै गरेका बञ्जाडे सवार मोटरसाईकललाई रुपन्देहीको बेलबासमा बसले ठक्कर दिएको थियो ।

बसले ठक्कर दिएपछि घाईते भएका बञ्जाडेको बुटवलस्थित सिटि अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । बिद्यार्थी राजनीतिका क्रममा उहाँ अखिल क्रान्तिकारीको महासचिव हुनुभएको थियो ।