
एजेन्सी । म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब भिल्ला रियललाई २–० ले पराजित गर्दै युनाईटेड अन्तिम १६ मा पुगेको हो ।
भिल्लाको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित सकिएकोमा दोस्रो हाफको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन ।
यो गोलसँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ७ सय ९९ सय गोल पूरा गरेका छन् । खेलको ९० औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई २–० को जित दिलाए । जितसँगै समूह एफको युनाईटेडले ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा पुगको छ । भिल्ला भने ७ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्