२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अर्घाखाँची कांग्रेस सभापति पदमा श्रेष्ठ विजयी


130
Shares

अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन बाट सभापति पदमा केशव श्रेष्ठ विजयी हुनुभएको छ ।

सभापतिको लागि तीनजनामात्र उम्मेदवार रहेकोमा सभापति पदमा विजयी श्रेष्ठले ७ सय३१ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलको ३ सय५२ यस्तै यादव प्रसाद घिमिरेले ३ सय ९ मत प्राप्त गर्नुभएको हो। जसमा २७ मत बदर भएको थियो।

कुल १४ सय ३८ प्रतिनिधि मध्ये १४ सय जना २१ जना प्रतिनिधिहरुले मतदान गरेका थियो । मंगलबार राती ९ बजे मतदान सकिएपछि ११ बजेपछि मतगणना सुरु भएको थियो ।जसमा सभापति पदको मात्र मतणना गरिएको हो।यस्तै अन्य पदाधिकारीहरुको मत आज गणना हुने छ ।