
एजेन्सी । नासाका वैज्ञानिकहरूले अन्तरिक्ष यान परीक्षणको तयारी गरिरहेका छन् ।
भविष्यमा कुनै उल्का र एस्ट्रोयड (ग्रह वा तारको टुक्रा) पृथ्वीमा आउनबाट रोक्नका लागि तयारी गरिरहेको मिसनलाई नासाले ‘डार्ट मिसन’को नाम दिएको छ । यसको आधारमा पृथ्वीमा आउने अन्तरीक्ष चट्टानलाई कसरी निस्क्रिय गर्ने भनेर लामो समयदेखि अध्ययन भइरहेकाे छ ।
परीक्षण गर्न लागिएकाे अन्तरिक्ष यान डिमोर्फोस नामक एक आकासीय पीण्डमा ठाेकिने नासाले जनाएकाे छ । नासाका वैज्ञानिकहरू डिमोर्फोसको गति र बाटोलाई कति बदल्न सकिन्छ भनेर प्रयासरत छन् । डिमोर्फोसबाट पृथ्वीलाई कुनै खतरा नभए पनि भविष्यमा पृथ्वीमा आउनसक्ने खतरालाई टार्न पहिलो प्रयास हुनेछ ।
डार्ट मिसन पृथ्वीमा आउनसक्ने एस्ट्रोयडलाई रोक्ने एउटा अभ्यास हो । जसका लागि बुधबार फाल्कन ९ नामक रकेटलाई डार्ट अंतरिक्ष यानको क्यालिफोनियास्थित वेन्डेबर्ग स्पेश फोर्स बेसबाट प्रक्षेपण गरिँदैछ ।
एस्ट्रोयड वा उल्का पीण्ड सौर्य मण्डलको बाँकी रहेको खण्ड हो । जसबाट पृथ्वीलाई कुनै पनि खतरा नहुने अध्ययनको निष्कर्ष छ । यदि, जब कुनै यस्तो चट्टान सूर्यलाई चक्कर लगाएर पृथ्वीतर्फ बढ्दा ठोकिने सम्भावना भने बढी हुन्छ ।
कसरी गरिन्छ परीक्षण ?
करिब ३२ करोड अमेरिकन डलर को डार्ट मिसनले एकअर्कालाई परिक्रमा गरेका दुईवटा एस्ट्रोयडलाई केन्द्रमा राखेको हुन्छ । यसरी गरिने परिक्रमालाई बाइनरी भनिन्छ । यी दुई मध्ये ठूलो एस्ट्रोयड को नाम डिडिमोस हो, जुन करिब ७८० मिटरमा फैलिएको छ । अर्को एस्ट्रोयड डिमोर्फोस करिब १६० मिटर चौडाइको छ ।
डिमोर्फोसको आकारको एस्ट्रोयड पृथ्वीमा ठोकिँदा कयौं परमाणु बमभन्दा बढी क्षति पुर्याउने अध्ययनकाे निष्कर्ष छ । यो एकदमै घातक हुने भएकाले लाखौंको ज्यान जानसक्छ । ३ सय मिटर चौडाइको एस्ट्रोयडले पूरै महादेशलाई नै सखाप पार्न सक्छ भने १ किलोमिटर आकारको एस्ट्रोयडले पूरा पृथ्वीलाई नै खतरा पुर्याउने बीबीसीले जनाएको छ ।
डार्ट परीक्षणपछि पनि २०२२ सेप्टेम्बरसम्म अन्तरिक्षमा घुमिरहन्छ र पृथ्वीबाट ६७ लाख माइल पर पुगेर लक्ष्य पूरा गर्छ । डार्ट लगभग १५ हजार किलोमिटर प्रतिघण्टाको गतिले डिमोफोर्ससँग ठोक्किने समाचारमा उल्लेख गरिएको छ । यो एकदमै सानो परिवर्तन भए पनि एक एस्ट्रोयडलाई पृथ्वीसँग ठोक्किनबाट रोक्नको लागि यति नै प्रर्याप्त भएकाे अध्ययनकाे निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्