
कञ्चनपुर । झण्डै डेढ वर्षपछि भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि जिल्लाको गड्डाचौकी नाका खुला गरिएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले विगत २० महिनादेखि गड्डाचौकी नाकाबाट भारतीय नम्बर प्लेटका निजी गाडीलाई नेपाल प्रवेशमा रोक लगाएको थियो ।
कोरोना संक्रमणमा कमी आएसँगै बुधबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार सुविधा लिएर नेपाल प्रवेश पाएका छन् ।
यसअघि नेपाल प्रवेश गर्ने भारतीय नागरिकले पीसीआर वा खोपको मात्रा पूरा लगाएको कार्ड देखाउनुपथ्र्यो । भारतीय नम्बर प्लेटका मालबाहक सवारीसाधनलाई मात्रै नेपाल प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको थियो ।
अन्य नाकाहरूमा भारतीय नागरिक र सवारीसाधन निर्वाध रूपमा आवतजावत गरिरहेकाले गड्डाचौकीमा पनि नाका खुला गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो ।
नेपाल आउने भारतीय नागरिकले खोपको मात्रा पूरा लगाएको कार्ड भने देखाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्