१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ को कांग्रेस अधिवेशनमा १७ सय प्रतिनिधि उपस्थिति, सिटौलाले उद्घाटन गर्ने


0
Shares

गोपाल पोखरेल
विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को अधिवेशनको उद्घाटनमा १७ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले अधिवेशन १७ सय प्रनिधिनिले प्रदेश अधिवेशनमा सहभागी हुने जानकारी गराएको हो ।

१६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय पनि बैठकले गरेको आयोजक प्रचार समितिले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अधिवेशन आयोजक प्रचार समितिका संयोजक राजिव कोइरालाले विराट नर्सिङ होमको पूर्वपट्टी रहेको खाली जमिनमा उद्घाटन गर्दै कार्यसमितिको सम्पूर्ण कार्यक्रम जहदा रोडस्थित सिद्धि पार्टी प्यालेसमा हुने जानकारी दिनुभयो ।

अधिवेशनमा उपस्थित १७ सय प्रनिनिधिलाई आवासलगायत सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरङ जिल्ला समितिले गर्ने कोइरालाले बताउनुभयो ।

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू संयोजक र केन्द्रीय सदस्यहरू अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन गरिएको छ ।

अधिवेशनको प्रचारका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजिव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला बल्लभ घिमिरे सदस्य सचिव रहेको समिति बनेको छ ।