३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


बागलुङमा जिल्ला सभापति र केन्द्रीय सदस्य नै पराजित


0
Shares

डम्मर बुढामगर
बागलुङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापति र केन्द्रीय सदस्य नै पराजित भएका छन् ।

क्षेत्र नम्बर १ बाट महासमिति सदस्य (खुल्ला) तर्फ उम्मेदवारी दिएका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । उहाँले उनले ३ सय ९९ मत मात्रै पाउनुभयो ।

दोस्रो कार्यकालका सभापतिको आकांक्षी रहनुभएका उहाँ महाधिवेशन प्रतिनिधिमा पराजित भएसँगै त्यो सपना पनि तुहिएको छ । नेपाली कांग्रेसमा जिल्ला सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा छनोट हुनैपर्ने वैधानिक व्यवस्था छ ।

त्यस्तै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । संस्थापन लाइनका उनीहरू संस्थापन इतरका उम्मेदवारहरूको बहुमत हुँदा पराति भएका हुन् ।

पौडेलले ४०४ मत पाएका छन् । सभापतिका शशक्त दावेदार मानिएका संस्थापन पक्षका नवराज पौडेल र संस्थापन इतरका जगदिशचन्द्र उपाध्यायले भने भारी मतले चुनाव जितेका छन् ।