१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीमार्फत पेशी तोकिने


0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीमार्फत पेशी तोकिने भएको छ ।

सर्वोच्च अदालतमा असन्तुष्ट १९ जना न्यायाधीशको बैठकले गोलाप्रथा प्रणलीबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको फुलकोर्टले गोलाप्रथा लागू गर्ने गरेको निर्णय आगामी बुधबारबाट कार्यान्वयनको लागि सूचना प्रकाशन लगायतका आवश्यक तयारी गर्न उनीहरूले सर्वोच्च प्रशासनलाई निर्देशन दिएका छन् ।

गोलाप्रथा लागू गर्ने निर्णय गरेका न्यायाधीशको समूहले बिहीबार २ बजे फुल कोर्ट बैठक बोलाएका छन् ।