२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कैलालीमा विद्युतीय धरापमा परेर एक जनाको मृत्यु


0
Shares

कैलाली । विद्युतीय धरापको पासोमा परेर जिल्लामा एक जनाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा सिकारका लागि विच्छाएको विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षका देव बहादुर बोहराको मृत्यु भएको हो ।

बोहराको शव भए नजिकै एक थान भरुवा बन्दुकसमेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक रामसिंह कार्कीले जानकारी दिनुभयो ।

सामुदायिक वनका वनहेरालु छत्रबहादुर धामी र जसुवा धामीले वन गस्तीको क्रममा ११ः३० बजेको समयमा सामुदायिक वनको पानी पोखरी नजिकै बोहरालाई मृत अवस्थामा फेला परेका थिए ।

११ केभी प्रसारण लाइनबाट हुक गरेर १ किलोमिटर वन क्षेत्रमा तार बिच्छ्याइएको खुलासा भएको छ ।