१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को सभापतिमा जोकलाल विजयी


0
Shares

बुर्तिबाङ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा निर्वाचित हुनुभएको छ ।

बुधबार सम्पन्न मत गणना प्रतिस्पर्धी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पछि पार्दै बुढा विजयी हुनुभएको हो । उहाँले ४ सय १९ मत प्राप्त गरेका छन् भने घर्तीले ३ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो ।

सचिव २ पदमा ४ जनाको उम्मेदवारी परेकोमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल विजयी भएका छन् । घर्तीले ३ सय ८० मत र मल्लले ३ सय ८९ मत प्राप्त गरेका हुन् ।

सचिव पदका उमेदवार भरत बहादुर केसीको २ सय ७५ र हिमबहादुर भण्डारीको ३ सय ५३ मत खसेको थियो । सहसचिवमा ४ सय २२ मतसहित दिपक कुवँर र ३ सय २४ मतसहित निरन चन्द विजयी भएका छन् ।

प्रत्यक्ष खुल्ला सदस्यमा ज्ञान बहादुर श्रीस, दीपेन्द्र कुवँर र राम बहादुर खड्का निर्वाचित भएका छन् । समानुपातिक खस आर्य तर्फ अनिता कुमारी जैसी ४ सय ३ मत सहित विजयी भएकी छन् ।

समानुपातिक आदीवासी जनजाती खुल्लातर्फ ५ सय ६५ मतसहित भागीबहादुर घर्ती निर्वाचित भएका छन् । समानुपातिक दलित महिला तर्फ कमला विक ४ सय ७९ मतसहित विजयी भएकी छन् ।

दलित खुल्ला तर्फ ठगबहादुर विक ४ सय ८५ मतसहित जिवयी भएका छन् । अल्पसंख्यक, अपाङ्ग खुल्ला तर्फ युवक प्रसाद श्रेष्ठको ४ सय ६ मतसहित विजय भएका छन् ।

प्रदेश (क) खुल्ला तर्फ कर्णबहादुर कार्की र विरेन्द्र श्रेष्ठ विजयी भएका छन् । प्रदेश (ख) खुल्ला तर्फ जीवन कुवँर र थमप्रकाश छन्त्याल विजयी भएका छन् ।