
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्याण्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसअवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्