२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै


0
Shares

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बिहीबार) २० अर्ब बराबरको रिपो जारी गर्दैछ ।

बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम अभाव हुन नदिन दिउँसाे २ बजे १४ दिने रिपो जारी गर्न लागिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा प्रयोग गर्दछन् ।