१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सातौं उद्योग दिवस : भएका बन्द हुँदै, उद्याेगीभन्दा व्यापारी बढ्दै


0
Shares

काठमाडौं । ‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारा सहित साताैं उद्योग दिवस आज मनाइँदैछ ।

उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सरकारकै अग्रसरतामा मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।

सरकारले नीतिगत रूपमा औद्योगिक विकासलाई तीव्रता दिने, औद्योगिकरणको माध्यमबाट रोजगारी सिर्जना गर्ने र आत्मानिर्भर अर्थतन्त्रको प्रवर्द्धन गरी जनताको जीवनस्तर उकास्ने आधार तयार गर्ने बताए पनि अपेक्षित रूपमा औद्योगिक क्षेत्रको विकास र विस्तार हुन भने सकेको छैन ।

नेपालमा वि.सं.१९९३ मा उद्योग परिषद्को स्थापना भएपछि औपचारिक रूपमा औद्योगिक विकासको सुरुवात भएको मानिन्छ । लामो समय बितिसक्दा पनि सत्ताकेन्द्रीत स्वार्थी नेतृत्वका कारण मुलुकले औद्योगिकरणको महसुस गर्न भने सकेको छैन ।

भएका ठूला उद्योग पनि बन्द हुँदै गएका छन् । औद्योगिक विकासका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र औद्योगिक व्यवसाय ऐन जारी भएका छन् । तर, मुलुकमा उद्योगी भन्दा व्यापारीको संख्या बढेको छ ।

उद्योग दिवसका अवसरमा सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका प्रमुख नारायण प्रसाद शर्मा दुवाडीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी कार्यक्रम गर्दैछ ।

निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संगठनले पनि दिवस मनाउँदैछन् ।

सम्बन्धित समाचार
उद्योग क्षेत्र विकासको प्रमुख आधारस्तम्भ : प्रधानमन्त्री देउवा