१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापामा २ सय ६० कुकुरको बध्याकरण, १७ वटा मारियो


0
Shares

झापा । जिल्लाको विर्तामोड नगरपालिकाले २ सय ६० वटा सडक कुकुरको बन्ध्याकरण गरेको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगर क्षेत्रभित्र रहेका २ सय ६० वटा सडक कुकुरको बन्ध्याकरण गरिएको हो ।

सडक कुकुरका कारण समस्या बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले हरेक वर्ष कुकुरको बन्ध्याकरण गर्दै आएको छ । क्यान्सरलगायत विभिन्न रोगबाट ग्रसित १७ वटा कुकुरलाई भने मारिएको छ ।