२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


लम्कीबजार तनावग्रस्त, ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आगजनी


0
Shares

बिराज रोस्यारा
कैलाली । जिल्लामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि लम्की बजार तनावग्रस्त भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि बजारमा तनावग्रस्त बनेको हो ।

मृतक महिलाको सनाखत भएको छैन । मृत्युपछि स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भीड नियन्त्रण गर्नले प्रहरीले आधा दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरिसकेको छ ।

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।