
फाइल तस्बिर
काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कारण खुलाउँदै घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
बिहिबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङकेटमा पत्रकार सम्मेलनमार्फत निधिले सभापति पदको उम्मेदवारीका बिभिन्न एजेण्डा र प्रतिवद्धता सहित घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।
निधिले आफ्नो घोषणा पत्रमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने दाबी गर्नुभएको छ ।
घोषणा पत्रमा निधिले अहिले कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्ने नेतृत्व चाहिएको भन्दै त्यसकालागि आफू तयार रहेको जनाउनु भएको छ ।काँग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्