२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आजदेखि


0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेल शुक्रबार सुरु भएर सोमबार समाप्त हुनेछ ।

एक चरणमा सात खेल हुनेछन् । पहिलो दिन दुई खेल हुनेछन् । दिउँसो १ बजे सुरु हुने खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबविरुद्ध खेल्नेछ । लिगमा सातदोबाटो पहिलो जीतको खोजीमा छ । यसअघि सातदोबाटोले पहिलो खेलमा प्रतिद्वन्द्वी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

साझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । दुबै टोली पहिलो जीतको खोजीमा हुनेछन् । पहिलो चरणको अन्य खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुनेछन् ।

तेस्रो दिनको एकमात्रै खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ । दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ। पहिलो खेलमा व्रिगेड व्बाइज क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।