६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेतृ गिरीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसकी महाधिवेशन तथा महासमिति सदस्य निमा गिरीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।

आफूले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको गिरीले बताउनु भयो । यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा कांग्रेसले १४ औं महाधिवेशन गर्दैछ।

प्युठानकी गिरी लगातार तेस्रोपटक महाधिवेशन तथा महासमिति सदस्य बन्नु भएको हो । गिरी लामो समय देखि नेविसंघको राजनीतिमा पनि क्रियाशील हुनुहुन्थ्यो ।