१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यक्ष ओलीद्वारा एमाले महाधिवेशन उद्घाटन


0
Shares

काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन सत्रमा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । महाधिवेशनमा एमालेले पाँच लाख नेता तथा कार्यकर्ता सहभागी गराउने बताउँदै आएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा एमालेको निम्तो स्वीकार गरेर भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।