
काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम केन्द्रीय कमिटी बस्दैछ ।
बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा दशौं राष्ट्रिय महाधिवेशनको बन्द शत्र सञ्चालनका लागि गठन भएको ११ सदस्यीय अध्यक्ष मण्डल र ७ सदस्यीय माइन्यूट कमिटीलाई अनुमोदन गर्नेछ ।
मंगलबार ललितपुरमा बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा अध्यक्ष मण्डल र स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा माइन्यूट कमिटी गठन गरेको थियो ।
अध्यक्ष मण्डलमा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।
यस्तै, माइन्यूट कमिटीमा गुरुङसहित सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।
शुक्रबार भव्य रुपमा उद्घाटन गरेको एमाले महाधिवेशनको बन्द शत्र भोलिदेखि सौराहमा हुनेछ । एमालेले एक महिना अघि आगामी नीति तय गर्नका लागि विधान महाधिवेशन गरेको थियो भने अहिले शुक्रबारबाट नेतृत्व चयका लागि राष्ट्रिय महाधिवेशन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्