
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफबीच प्रतिष्पर्धा हुँदैछ ।
दुवै टोली लिगमा पहिलो जितका लागि दवावामा छन् । च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३–० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले पराजित भएको थियो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । हिमालयन शेर्पा क्लबले यसअघि संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने मनाङले जावलाखेल युथ क्लबसँग १–० को संघर्षपूर्ण जित निकालेको थियो ।
मनाङ र शेर्पाबीचको खेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि हिजोका खेलमा संकटा क्लबसँग २–१ को अन्तरले फ्रेन्ड्स क्लब पराजित भयो भने अर्को खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबमाथि १–० को जित हात पा¥यो ।
प्रतिक्रिया दिनुहोस्