१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सामाजिक सुरक्षा कोषमा सहभागी हुन श्रममन्त्रीको आग्रह


0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

चौथो सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिककै हकहितको सुरक्षा हुने भएकोले यस योजनामा सहभागी हुन आग्रह गर्नुभयो । सबै क्षेत्रमा सहभागी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न अझै पनि कार्यविधिमा समय सापेक्ष परिमार्जन आवाश्यक रहेको बताउनुभयो ।

सरकारले २०७५ साल मंसिर ११ गतेबाट सुरु गरेको यो योजना २०७६ साउनबाट लागू गरेको थियो । तर, यो योजनामा अझै लक्ष्य अनुरुप रोजगारदाता र योगदानकर्तालाई समावेश गर्न सकेको छैन ।