
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको छ ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनका लागि सकस भएपछि आफूपक्षीय नेता नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न आग्रह गर्दै निर्वाचनपछि राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको न्यूजकारखाना समाचार एजेन्सीले जनाएकाे छ ।
अध्यक्ष ओलीले अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको छ । आफूले यसअघि मुख्यमन्त्री बनाएको स्मरण गर्दै ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् ।
केपी ओली बन्द सत्र स्थलतर्फ केहीबेरअघि प्रवेश गनुभएको छ । ओलीकाे आगमनसँगै बन्द सत्र केहीबेरमा सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्