१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जा जिल्ला सुन्तलाको ‘सुपरजोन’


0
Shares

स्याङ्जा । जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको छ ।

सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरी सुन्तला सुपरजोन बनाइएको हो । यसअघि जिल्लामा पन्ध्र सय हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई समेटिएको छ ।

सुन्तला सुपरजोन अन्तर्गत अहिले जिल्लाको दुई हजार बढी सुन्तला खेती हुने ठाउँ समेटिएको छ । जिल्लामा करिव चार सय किसानहरू सुन्तला सुपरजोनमा आवद्ध छन् । यता, यस बर्ष सु्न्तला उत्पादनमा भने कमी आउने अनुमान गरिएको छ ।

बैमौसमी वर्षा र औँसा किराको प्रकोपका कारण सुन्तता उत्पादनमा कमी आउने किसानले बताएका छन् । गत वर्षको तुलनामा सात प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।

गत वर्ष सुन्तला बिक्रीबाट जिल्ला भर ५५ करोड बढी आम्दानी भएको थियो ।