११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


थप २ सय १३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

देशभर ३ सय २५ जना निको भएसँगै कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ७ हजार १ सय ५६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।