२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागलुङका दुई उद्यान पुनःनिर्माण गरेर हेर्न लायक बनाइने


0
Shares

बागलुङ । जिल्लाका दुई उद्यानको पुनः निर्माण थालिएको छ ।

सदरमुकाममा रहेका पुराना उद्यानको सौन्दर्य फर्काउन भन्दै बागलुङ नगरपालिकाले वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानको पुनः निर्माण थालेको हो ।

सहरी आकर्षण बढाउन भन्दै निर्माण गरिएका उद्यान वर्षौंदेखि अलपत्र छन् । नगरप्रमुख जनकराज पौडेलले यही वर्षभित्र दुवै उद्यानलाई हेर्न लायक बनाइने बताउनुभयो ।

वीरेन्द्र–ऐश्वर्य उद्यान बोलपत्र मार्फत पुनर्निर्माणको प्रक्रियामा गइसकेको छ ।