२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा बस स्टपमा दुर्घटनामा परेर एक जनाको मृत्यु


0
Shares

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श बस स्टपमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा. ३ ख. ५४२३ नं को टिपरले विपरीत दिशातर्फबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा ललिलतपुरका २४ वर्षीय स्कुटर चालक अशिम लिम्बुको मृत्यु भएको हो ।

स्कुटरमै सवार २६ को सन्दिप महर्जन गम्भीर घाइते भएका छन् । उनको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दाङ जिल्लाका टिपर चालक ३१ को किरण योगीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।