
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आजकल मजासँग निन्द्रा र भोक लाग्ने गरेको बताउनुभएको छ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै तेजतरार कार्यकर्ताहरु देख्दा आजकल आफूलाई खाना रुच्ने र निन्द्रा लाग्ने गरेको बताउनुभयो । नेज कार्यकर्ताहरुको अध्यक्ष हुन पाएको आफूलाई गर्व महसुस हुने उहाँको भनाइ छ ।
‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’
कार्यकर्ताको हिम्मतिलो अनुहारमा आफूले देश, आन्दोलन, पार्टी र लोकतन्त्रको भविष्य सुरक्षित देखेको बताउँदै उहाँले समृद्धिको यात्रा सुरक्षित रुपमा अगाडि बढ्ने यकिन हुने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्