२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन, रामकृष्ण खाँण बने सभापति


0
Shares

बुटवल । नेपाली कांग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सभापति पदमा रामकृष्ण खाँणको मात्रै उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको अधिवेशनबाट दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन् । उपसभापति पदमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्विरोध भएका थिए ।

त्यस्तै दुई सचिव पदमन हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा बालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताउनुनभयो ।

सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पौडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्विरोध भएको हो ।

त्यस्तै जिल्ला सदस्य पदमा भने देवदहको एउटा सदस्य पदमा बाहेक बाँकी सबैमा निर्विरोध भएको छ । उक्त पदमा पनि मिलाउने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।