
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिमा पदाधिकारी चयन गर्ने भएको छ ।
विभिन्न नेताहरुले पार्टी पदाधिकारीमा उम्मेदवारी दिने चर्चा चलिरहँदा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीमा सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यको चयन सहमतिको आधारमा हुने जानकारी दिनुभयो ।
केही सञ्चारमाध्यममा महाधिवेशन लम्बिने चर्चा चलिरहेको अवस्थामा उहाँले पार्टी तोकिएको समयमा अर्थात मंसिर १२ गते नै समापन हुने बताउनुभयो ।
‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुन्छ,’ उहाँले भन्नुभयो, ‘महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा १२ गते समापन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्