२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


महिला विश्वकपमा आज अन्तिम खेल खेल्दै नेपाल


0
Shares

एजेन्सी । आइसिसी महिला टी – २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम तथा निर्णायक खेल आज युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान सवा ११ मा आइसिसी एकेडेमी नम्बर २ मा हुनेछ ।

आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टी २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । युएई ४ खेलमा ४ मानै जितका साथ शीर्षस्थानमा छ । युएईले घरेलु मैदान र वातावरणको अतिरिक्त फाइदा उठाउने सोचमा छ ।

यता नेपाल भने युएईमाथि सहज जितका साथ ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले भने पुग्दैन । नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपालको नेटरनरेट २.०८८ र युएईको २.३९८ छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको हो । त्यसपछि नेपालले सानदार जितका साथ अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।

भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानसँग ४७ रन र कुवेतलाई ७ विकेटले हराउँदै अघिल्लो चरण नजिक छ