
बागलुङ । कांग्रेस बागलुङको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो ।
७ सय ९० मत ल्याएका जगदीशचन्द्र उपाध्याय र ६ सय ८६ मत ल्याएका जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उपाध्याय र शेरचनबीच १०४ मतको फरक छ ।
प्रतिक्रिया दिनुहोस्