२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसको केही जिल्लामा आज पुनः मतदान हुँदै, ललितपुर जिल्लामा मतदानस्थलमा नाराबाजी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केही जिल्लाको अधिवेशन जारी रहेको छ । केही जिल्लाको अधिवेसन सम्पन्न भएको छ । हिजो भएको निर्वाचनमा प्रत्यासीहरुले आवश्यक मत नल्याएपछि आज पुन मतदान हुँदैछ ।

यसअघि हिजो पनि केही जिल्लामा पुन मतदान गरेर नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिका लागि आज दोस्रो चरणमा मतदान भएको छ । मतदान सुरू हुनुअघि मतदान स्थलमा नाराबाजी भएको थियो ।

सभापतिका उम्मेदवारहरू रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ । हिजो मतदान भए पनि कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज मतदान गरिएको छ । त्यस्तै, नेपाली कांग्रेस मोरङको सभापति पदमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

कार्यसमिति चयन गर्न विराटनगरमा चुनाव सुरु भएको छ । संस्थापन पक्षबाट दिलिप गच्छदार, संस्थापन इतरबाट डिगबहादुर लिम्बू र यदुकुमार विष्टले उमेदवारी दिएका छन् । बागलुङ कांग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो ।

७ सय ९० मत ल्याएका जगदीशचन्द्र उपाध्याय र ६ सय ८६ मत ल्याएका जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । यता, नेपाली कांग्रेस कास्कीको दोस्रो चरणको मतदानपछि सभापतिमा किशोरदत्त बराल विजयी हुनुभएको छ । ९ सय ९५ मत ल्याउँदै उहाँ विजयी हुनुभएको हो ।