
web pic
कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
हिजो साँझ जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाईकललाई विपरीत तर्फबाट आएको ट्रकलाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बसन्तराज शर्माको मृत्यु मएको हो ।
मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेका छन् । ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनको खोजी कार्य भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्